पछिल्लो अध्ययनले मोटोपनाले खासगरी किशोर किशोरीहरुमा पित्तथैलीको पत्थरीको खतरा बढाउने तथ्य समेत पत्ता लगाएको छ । अमेरिकामा गरिएको अध्ययनले सरीर बढि तौल भएका किशोरकिशोरीहरुमा पित्तथैलीको पत्थरीको समस्या बढि भएको देखिएको हो ।
१० देखि १९ वर्ष उमेरका ५ लाख १० हजार बालबालिका तथा किशोरकिशोरीमा यस्तो अध्ययन गरिएको थियो । यसक्रममा सरीरको तौल बढि भएकाहरुमा पत्थरीको समस्या ठीक्क तौल भएकाहरुमा भन्दा दोब्बर बढि पाइयो भने अझ मोटोपनाले सताएकाहरुमा पत्थरीको समस्या झनै उच्च भएको पाइयो ।